Spread the love
1 - 1Share
काठमाडौं । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरी नै दबाउन खोजेको छ ।
छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको साट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो ।
३ फागुन बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।