Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ। गत वर्ष देशभरि १२० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ।

गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा पाँच हजार ११० जना पीडित भएका छन्। ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको छ। इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी दुई हजार ८२४ र बाल अधिकारसम्बन्धी एक हजार २४८ घटना भएको उल्लेख छ।