Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । तेश्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल क्रिकेट) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ ।

पहिलो क्वालिफायरमा आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरिया र ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुदैँछ । खेल दिउँसो साँढे १२ बजे धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको सिवाईसी अत्तरिया र दोश्रो स्थानमा रहेको काठमाडौं गोल्डेनबीच हुने खेलको बिजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । मंगलबार भएको समूहचरणको अन्तिम खेलमा सिवाईसीसँगै ७ विकेटले पराजित भएको काठमाडौँ आजको खेल भने आफ्नो पक्षमा पार्न पाइन्छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतिस्पर्धाको विजेता टीमले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।