Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । ‘‘अहिलेको भाडादरले हातमुख जोड्न गाह्रो भयो । ट्याक्सी नचलाउ भने पेटको माया, बढी भाडा लिउ भने कानुन नै भीमकाय’’ राजधानीको लैनचौरस्थित सडक किनारामा ग्राहक कुरेर बसेको एक मिटरट्याक्सीको पछाडि भागमा टाँसिएको प्रचारमा लेखिएको यो सन्देशले बाटोमा ओहोर–दोहोर गर्ने धेरैको आँखा तान्यो ।

ट्याक्सी चालक रामबहादुर गुरुङले भने, ‘‘यो सन्देश भाडा बृद्धिको माग गर्दै लेखिएको हो ।” मिटरमा गुड्दा तेल खर्च नउठ्ने भएकाले सेवाग्राहीलाई मिलाएर भाडा दिनुहोस् भन्दा ट्राफिक प्रहरीले कारवाही गर्ने भएकाले ट्याक्सीको पछाडि भागमा यस्तै नारा लेखिएको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा गुड्ने अधिकांस ट्याक्सी चालकहरुले भाडाबृद्धिको माग गर्दै ट्याक्सीको अगाडि तथा पछाडि भागमा विभिन्न किसिमका सन्देश मूलक नारा लेखिएको प्रचासहित गुडिरहेका छन् ।

यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा करीव २५ हजार मिटर ट्याक्सी सञ्चालनमा छन् । मिटर शुरु हुने वित्तिकै १४ रुपियाँ र प्रति किलोमिटर ३९ रुपियाँ उठ्ने ब्यवस्था छ । सो व्यवस्था विपरीत मनपरी भाडा लिने चालकलाई कारवाही स्वरुप तीन हजार रुपियाँ जरिवाना हुने गरेको छ ।