• 1
    Share

काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अंगभंग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ ।
आर्थिक सहायताका लागि राजधानी स्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।