Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ९ गते विहिबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ फेब्रुवरी २१ तारिक कृष्णपक्ष द्वितीया तिथि अपरान्ह ५ वजेर १४ मिनेटसम्म उप्रान्त तृतीया तिथि,पूर्वफाल्गुनी नक्षत्र विहान ७ वजेर ४४ मिनेटसम्म उत्तरफाल्गुनी नक्षत्र,धृतियोग,गर करण,आनन्दादियोग गद,सूर्य कुम्भ राशीमा,चन्द्रमा अपरान्ह १ वजेर २१ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ १ वजेर ४३ मिनेटबाट ३ वजेर ८ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–प्रातः ६ वजेर ३८ मिनेटबाट ८ वजेर ३ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर २८ मिनेटबाट १० वजेर ५३ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर २४ मिनेटबाट ११ वजेर १० मिनेटसम्म र अपरान्ह २ वजेर ५६ मिनेटबाट ३ वजेर ४२ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५५ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर ३ मिनेटसम्म शुभ वेला,८ वजेर ३ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म रोग वेला,९ वजेर २८ मिनेटबाट १० वजेर ५३ मिनेटसम्म उद्वेग वेला,१० वजेर ५३ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म चर वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म लाभ वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर ८ मिनेटसम्म लाभ वेला,३ वजेर ८ मिनेटबाट ४ वजेर ३३ मिनेटसम्म काल वेला र ४ वजेर ३३ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३४ मिनेटसम्म अमृत वेला,७ वजेर ३४ मिनेटबाट ९ वजेर ९ मिनेटसम्म चर वेला,९ वजेर ९ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म रोग वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म काल वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५४ मिनेटसम्म लाभ वेला,१ वजेर ५४ मिनेटबाट ३ वजेर २९ मिनेटसम्म उद्वेग वेला,३ वजेर २९ मिनेटबाट ५ वजेर ४ मिनेटसम्म शुभ र ५ वजेर ४ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।

मेषः– गलत व्यक्तिको संगत हुनसक्छ सतर्क रहनु होला । विवादबाट टाढा बसेर काम गर्नु होला । दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । साझेदारी काममा हात नहाल्नु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । शैक्षिक क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

वृषः– धन र श्रम धेरै लगानी हुनेछ तर उपलब्धि कम हात लाग्नेछ । कुन मार्ग हिड्ने भन्ने अन्योलता बढ्नेछ । उत्साहा उमङ्ग घट्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मनमा अशान्ति बढ्नेछ । घरयासी खर्च बढ्नेछ । भौतिका सुखानुभूति कम हुनेछ । मिथ्या आरोप लाग्न सक्छ । सहयोग खासै पाईने छैन ।

मिथुनः–उपलब्धिको संरक्षण गर्ने तिर जोड दिनुहोला । काम गर्न ढिला सुस्ति गरेमा सोचे जस्तो उपलब्धि हात पार्न सकिन छैन । अपरान्हबाट समयले साथ कम दिनेछ । पारिवारिक समस्या बढ्ने छन् । व्यवसायिक गतिविधि कम हुनेछन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– भ्रम मुक्त भएर कर्म क्षेत्रमा लाग्नु होला । सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । ज्ञान नभएका तत् तत् विषय बस्तुमा ऋण लगानी नगर्नु होला डुबिनेछ । मध्यान्ह पछि समयले बढि साथ दिनेछ । अपुरा,अधुरा काम अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ ।

सिंहः– पूर्वाद्ध जति उत्तराद्र्ध अनुकुल देखिन्न । कर्ममा जोड दिनु होला । सवैलाई आफ्ना ठानेर काम गर्दा दुख पाउन सकिन्छ । व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा केहि फाइदा हुनेछ । समयमा काम गर्ने कोशिस गर्नु होला पछि गर्छु भनेर राख्नु भयो भने उपलब्धि हिड्नेछ । खर्च वृद्धिको सम्भावना देखिन्छ ।

कन्याः– मध्यान्ह सम्म समयले साथ दिने देखिन्न । नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । अपरान्हबाट समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

तुलाः– कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । आफन्तको सहयोग र सल्लाहामा काम गर्दा केहि सहजता हुनेछ । कामबाट उचित प्रतिफल निस्कनेछ । संचित धन बढ्नेछ । अपरान्ह देखि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । फजुल खर्च बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।

वृश्चिकः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । भाग्यले साथ दिनेछ । विगतमा असहयोग गर्ने सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न आफै सक्षम हुनुहुनेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

धनुः– पूर्वान्ह समय कमजोर नै देखिन्छ । अपरान्हबाट समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढ्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारिक सन्तुष्टि कम मिल्नेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

मकरः– दया माया कसैले गर्ने छैनन । समयले साथ कम दिनेछ । सोचाई र काम गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिनु होला । मानसिक चिन्ताले छाड्ने छैन । व्यापारमा आएको मन्दि कायम रहनेछ । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् सतर्क रहनु होला । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ ।

कुम्भः– मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । अरुको भर नपरि काम गर्नु होला गरेका काम प्राय सफल हुनेछन् । विदेश यात्राको सम्भावना बढि नै देखिन्छ । ढिला सुस्ति गर्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । कुनै पनि क्षेत्रमा हेलचक्र्याई गरेर काम नगर्नु होला ।

मिनः– दिन पूर्वाद्ध भन्दा अपरान्हको समय बढि अनुकुल हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ काम,नयाँ भूमिका मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला आफैलाइै घाटा हुनेछ । यात्राको योग देखिन्छ ।

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )