Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । राजनीतिबाट नै देश परिवर्तन हुने विश्वासका साथ राजनीतिमा होमिएकी कोमल वली सधैं देश र जनताको भावना अनुसार काम गर्ने बताउँछिन् ।

‘पोइला जान पाम शिव’ बोलको तीजको गीतबाट चर्चामा आएकी कोमलले करीब एक दशक अगाडि एक फिल्ममा अभिनय समेत गरेकी थिइन् । अभिनेता राजेश हमाल स्टारर फिल्म ‘राजनीति’ मा उनको प्रमुख भूमिका थियो । तर, यो फिल्म सिने क्षेत्रमा असफल ठहरियो । यसपछि कोमलले फिल्म गरिनन् ।

मंगलवार ‘राजनीतिक’ का निर्देशक बसन्त निरौलाले सञ्चालनमा ल्याएको ‘सिने इक्यिूपमेन्ट हाउस’ को उद्घाटनमा पुगेकी उनले आफ्नो डेब्यू फिल्मप्रति कसिलो व्यंग्य गरिन् । आफूलाई बसन्तकी हिरोइन भन्दै ‘‘राजनीति’ हलमा यस्तो हिट भयो कि चार दिनमा नै हलबाट उत्रियो ।’’ उनको यो व्यंग्यात्मक टिप्पणीले छेवैमा रहेका निर्देशकले समेत हाँसो रोक्न सकेनन् ।

‘फिल्म क्षेत्रको विकासका लागि मेरो साथ र सहयोगको खाँचो परेको खण्डमा म सधैं तयार रहनेछु, भन्दै उन्ले थपिन, फिल्मको राजनीतिकभन्दा पार्टीगत राजनीति ठिक हुने ठानेर आफू राजनीतिमा होमिए। उनले राजनीतिबाट फिल्म क्षेत्रको विकास र समृद्धिका लागि आफू सधैं प्रतिबद्ध रहेको पनि बताइन् ।