Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । डायबिटिज यस्तो रोग हो, जसलाई थोरै लापरवाही गर्दा पनि मुश्किल हुने गर्दछ । यो रोगका बिरामीका लागि सबैभन्दा खतरा खाना खाइसकेपछि जब ब्लडमा शुगरको मात्रा प्रभावित हुने गर्दछ तब धेरै खतरा रहन्छ ।

तर यसको खतरालाई कम गर्न सकिन्छ । यसको लागि तपाईंले जम्म १५ मिनेट छुट्याउनुपर्ने हुन्छ । मात्र तपाईंले खाना खाइसकेपछि १५ मिनेट हिँड्नु पर्दछ । एक अनुसन्धानले खाना खाने बित्तिकै १५ मिनेट हिँड्ने डायबिटिजका बिरामीमा शुगर बढ्ने खतरा कम हुन्छ ।

दिउँसोको खाना खाएपछि उत्पादन हुने इन्सुलिनको मात्रा दिनभरमा कम हुने गर्दछ । किनकि दिनमा धेरै हिँडडुल गर्नु पर्ने हुन्छ । तर रातको समयमा खाना खाएपछि हिँडडुल गरिँदैन र बसिरहँदा रगतमा ग्लुकोज बढ्ने सम्भावना धेरै रहन्छ ।

हिँडडुलको दौरान हाम्रो शरीरमा ग्लुकोजको खपत हुन्छ र यसले रगतमा शुगर बढाउने सम्भावना कम गर्दछ । यसले डायबिटिजका बिरामीका लागि शुगर नियन्त्रण राख्न मद्दत पुग्दछ । (एजेन्सी)