Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ ।

एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथाव हाइपरटेन्सनका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, सन् २०१६ मा विश्वभरि करिब १ करोड ८० लाख मानिसको मृत्युको कारण कार्डियोभास्कुलर (हृदयसम्बन्धी) रोगको कारण भएको थियो । उच्च रक्तचाप र मुटुसँग जोडिएका बिरामीको लागि असन्तुलित खाना र खराब जीवनशैली जिम्मेवार रहने गर्दछ ।

केरामा सोडियम कम हुन्छ, उच्च रक्तचापमा फाइदा

केरा फाइबर र एन्टिअक्सिडेन्टको एक राम्रोे स्रोत हो । यसको अलावा विशेषज्ञहरु हाइपरटेन्सन अथवा उच्च रक्तचापका बिरामीका लागि केरा खान सल्लाह दिन्छन् ।

केला खाने के ये 5 फायदे आपको शायद ही पता हो

यसको अलावा केरामा सोडियमको मात्रा पनि कम हुन्छ, किनकि उच्च रक्तचापका बिरामीका लागि सोडियम नलिन सुझाइन्छ । केरामा हुने पोटासियमले सोडियमको प्रभावलाई कम गर्दै पिशाबको माध्यमबाट अतिरिक्त सोडियम बाहिर निकाल्न मद्दत गर्दछ ।

धेरै केरा खाँदा पनि साइड इफेक्ट्स

स्किन और हेल्थ के लिए फायदेमंद है केले का छिलका

यदि फलको कुरा गर्दा केरा सेवन अरु भन्दा सहज छ । तपाईं यसलाई सिधैं केलाएर खान सक्नुहुन्छ । तर यसको कयौं फाइदा हुँदाहुँदै पनि धेरै सेवन गर्दा साइड इफेक्ट्सको खतरा हुन्छ । (एजेन्सी)