•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ग्यास व्यवसायीले उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एल पी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गरी माग सम्बोधन नभए उद्योग पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको हो ।

व्यवसायीले फागुन १६ गतेसम्म माग सम्बोधन नभए २८ गते देखि आन्दोलन गर्ने भएको छ । संघले ३० गते देखि ग्यास विक्री वितरण ठप्प पार्ने जनाएको छ । संघले १७ गते देखि एल पी ग्यासको पिडिओ खरिद ठप्प पार्ने , सबै रिफाईनरीबाट एल पी ग्यास लोडिङ्ग बन्द गर्ने, एल पी ग्यास लोड भएका बुलेट भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई , बिमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले व्यवसायी कठोर निर्णय लिन बाध्य भएको बताउनुभयो । संघले ग्यास उद्योगको संचालन खर्च र विक्रेता, वितरकको कमिशन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरि छुट्टै समिति गठन गर्नुपर्ने माग गरेको छ । समितिको सिफारिस अनुसार प्रत्येक वर्ष कमिशन, खर्च समायोजन हुनुपर्ने, ग्यास उद्योग संञ्चालनका लागि अनधिकृत रुपमा दिइएका इजाजत, सम्बन्धन तथा अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने, तराईका सबै स्थानका लागि एउटै मूल्य कायम गर्नुपर्ने माग गर्दै आएको छ ।

संघ र इण्डो नोपाल बल्क ट्रान्सपोर्ट एशोसिएशनबीच २०७३ असाेज २ गते ग्यास आयातमा नेपाली बुलेट मात्र संचालनमा ल्याउने सम्झौता भएको थियाे । संघले त्याे संझाैता तत्काल कार्यान्वयनकाे लागि कुटनीतिक पहल गर्न माग गरेको छ ।

संघले खाना पकाउने एल पी ग्यासको मासिक कोटा ६, ६ महिनामा निर्धारण गर्नुपर्ने, इपिडिओ तथा बैक एल सी मापर्फत निगमले पिडिओ बनाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको सम्बन्धमा बीमा सम्बन्धी आवश्यक नीति व्यवस्था हुनुपर्ने तथा नेपाल आयल निगमको एल पी ग्यास विनियमावली २०६५ संशोधन लगायतका माग राखेकाे छ ।