Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । आर्ईएसआईएस लडाकूसँग विवाह गर्न जर्मनी छाडेर सिरिया पुगेकी युवती अहिले जर्मनी जेलमा छिन् । उनको जीवनमा विवाहपछि धेरै कष्ट आए । जर्मनबाट पूर्वपति छाडेर आईएस लडाकूबाट प्रभावित भएकी उनले त्यहाँपनि दुई विवाह गर्नुप¥यो । दुवै श्रीमान अहिले मारिएका छन् । उनी जेलमा छिन् ।

आईएसआईएस आतंककारीसँग विवाह गर्ने उनको ठूलो धोको पुरा गरिन् । २६ वर्षीया डेरया ओले अहिले आफ्नो जीवनको बारेमा बताएकी छन् । उनले विवाह गरेपछि एक कालकोठरीमा सुहागरात मनाएकी थिइन् । जहाँ रगतले भित्ता पोतिएको थियो । केहीस्थानमा रगत ताजै थियो । उनी जर्मनको कुर्तिश परिवारकी हुन् । उनले भनेकी छन्, ‘पहिलो पटक मारियोलाई मिलिट्री ड्रेसमा देखेँ, आकर्षण बढ्यो ।’

जहाँ डेरया र मारियोले सुहागरात मनाए सोही ठाउँमा मानिसलाई झुण्ड्याइने गरिन्थ्यो । माथि छतबाट चेन झुन्ड्याइएको थियो । त्यहाँ रगत लागेको थियो । दृष्य हेर्दा निकै डरलाग्दो थियो । डेरयाले त्यहाँ बुर्कापनि लगाउनु परेको थियो । सिरियाका बच्चाको हेरचाह गर्ने उनको धोको पुरा हुन सकेन । २०१५ तिरको कुरा हो । उनका श्रीमान इराक गए । डेरयाले त्यहाँ बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि दुवैको लडाई शुरु भयो केही समयपछि ब्रेकअप भयो ।

त्यसपछि महिलाले आईएसआईएसका मशहूर कमाण्डर अबु सलाहुद्दिनसँग विवाह गरिन् । तर दुई महिनापछि अबु एक भिडन्तमा मारिए । त्यसपछि पुनः पहिलाकै पतिसँग उनको मिलन भयो । उनीपनि जासुस गरेको आरोपमा मारिए । अहिले महिललाई तुर्की जेलमा राखिएको छ ।