Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई यौन दुव्र्यवहारका आरोप लागेको छ । आरोपित साहलाई विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका छन् । छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षा शास्त्र शाखाका संकायको डिन कार्यालय अन्तरगत सम्बन्ध शाखामा कार्यरत सहायक डिन साहले नेपाल बैंक शाखा किर्तिपुर जाने बेला जबरजस्ती करणी गर्ने उद्धेश्यले संबेदनशिल अंगमा छुनुका साथै हातपात गरेको पीडित छात्राले जनाएकी छिन् ।

प्रहरीले सहायक डिन शाह र छात्रा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । साहले बाटो हिँड्दै गरेकी छात्रालाई मोटरसाइकलले हान्न लागेपछि आफूले तानेर जोगाएको बताएका छन् भने छात्राले संवेदनशील अंगमा छोएर यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।