Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाको ग्रामीण क्षेत्रमा मंगलबार साँझ १७ वर्षीया दलित किशोरी बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न धनगढीमाई –१३ खजनपुरका २५ वर्षीय श्रीराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तस्राव नरोकिएपछि किशोरीलाई थप उपचारका लागि धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लहानमा सामान्य उपचारपछि उनलाई धरान लगिएको हो ।

यसरी भयो घटना
धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका सुकमान तामाङको परवल छोप्नका लागि स्थानीय चमेरा जंगलमा पतकर बटुल्न गएका बेला किशोरी बलात्कृत भएकी हुन् । ‘साँझ परिसकेकोले घर जाने तयारी गर्दै थियौँ’ किशोरीसँग सोत्तर टिप्न गएकी स्थानीय दुई महिलाले भने, हामी दुईवटीलाई नै छुरा देखाउँदै उसले लखेट्यो । अनि किशोरीमाथि जाइलाग्यो ।