• 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ठूलो संकटबाट गुज्रिरहेका छन् । मन्त्री विष्टसँग धेरैले राम्रो अपेक्षा राखेका थिए ।

ती अपेक्षाहरूलाई विष्टले निरासामा बदलिदिएका छन् । त्यति मात्रै होइन मन्त्री विष्टले सस्तो लोकप्रियता र आफू निकटका व्यवसायीहरूलाई आर्थिक लाभ दिलाउन खोज्दा मुलुकलाई ६० देखि ९० अर्बको नोक्सानी भएको छ ।

मन्त्री विष्टका कारण ६० देखि ९० अर्ब नोक्सानी भएका विषयमा प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । यो नोक्सानी नेपालले तत्काल पूरा गर्न सक्ने छैन । विष्टलाई आफ्नै पार्टी निकटका व्यवसायी र नेताहरूले डुबाएको चर्चा श्रम मन्त्रालयमा हुन थालेको छ ।

मलेसियाको रोजगारी रोकेपछि नेपाललाई ६० देखि ९० अर्बको रेमिटेन्स घाटा लागेको हो । विष्ट मन्त्री बनेको दश महिना भएको छ । यो दश महिनामा विष्टले नेपाली कामदारलाई मलेसिया जान रोकेका छन् । नेपाली कामदार रोजगारीका लागि मलेसिया जान नपाउँदा यति ठूलो रेमिटेन्स घाटा लागेकोमा ओलीसमेत सन्तुष्ट छैनन् ।

मन्त्री विष्टले आफू निकटका व्यापारीलाई मलेसियाको रोजगारीको एकलौटी काम दिन खोज्दा समस्या आएको थियो । भिएलएनमाथिको कारबाहीपछि विष्टले मलेसियाको रोजगारी एक दुई महिनाभित्र खुल्छ भनेका थिए । तर, अन्तिममा लामो समयदेखि भिसा बोकेर बसेका कामदारलाई भिएलएनमार्फत नै पठाउन थालिएको छ ।

मलेसियामा शून्य लागतमा रोगजारीमा पठाउने विष्टको प्रस्तावलाई मलेसियाको सरकारले स्वीकार गरेको छैन । मलेसियाका साना अनालइनका समाचारलाई आधार बनाएर मन्त्री विष्टले हावाको भरमा मलेसियाको रोजगारी खुल्छ भनेर नेपाली युवाहरूसँग झुठ बोल्दै आएका छन् ।

मलेसियाको रोजागरी खोल्ने भन्दै नेकपाका सांसद तथा पूर्व वैदेशिक रोजगार व्यवसायी एलपी सावाको नेतृत्वमा एउटा संसदीय उपसमितिलाई मलेसिया पठाएका थिए । तर, त्यो समिति पनि खाली हात फिर्ता भएको थियो । त्यसपछि मन्त्री विष्ट झन् निरास बन्दै आएको स्रोतको भनाइ छ ।