Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन १० गते शुक्रबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ फेब्रुवरी २२ तारिक कृष्णपक्ष तृतीया तिथि अपरान्ह ३ वजेर ११ मिनेटसम्म उप्रान्त चौथी तिथि,हस्ता नक्षत्र ११ गते विहान ५ वजेर ५ मिनेटसम्म उप्रान्त चित्रा नक्षत्र,शूलयोग,भद्रा करण,आनन्दादियोग अमृत,सूर्य कुम्भ राशीमा,चन्द्रमा कन्या राशीमा । काल राहु आग्नेय कोणमा पाश वायव्य कोणमा, योगिनी आग्नेय दिशामा र चन्द्रमा दक्षिण दिशामा भ्रमण गर्ने छन् ।

मुहूर्त
राहुकालः–अशुभ विहान १० वजेर ५२ मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३ वजेर ८ मिनेटबाट ४ वजेर ३३ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ८ वजेर २ मिनेटबाट ९ वजेर २७ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ५३ मिनेटबाट ९ वजेर ३८ मिनेटसम्म र मध्यान्ह १२ वजेर ४० मिनेटबाट अपरान्ह १ वजेर २६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५५ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर ३ मिनेटसम्म चर वेला,८ वजेर ३ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म लाभ वेला,९ वजेर २८ मिनेटबाट १० वजेर ५३ मिनेटसम्म अमृत वेला,१० वजेर ५३ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म काल वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म शुभ वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर ८ मिनेटसम्म रोग वेला,३ वजेर ८ मिनेटबाट ४ वजेर ३३ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ३३ मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३४ मिनेटसम्म रोग वेला,७ वजेर ३४ मिनेटबाट ९ वजेर ९ मिनेटसम्म काल वेला,९ वजेर ९ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म लाभ वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५४ मिनेटसम्म शुभ वेला,१ वजेर ५४ मिनेटबाट ३ वजेर २९ मिनेटसम्म अमृत वेला,३ वजेर २९ मिनेटबाट ५ वजेर ४ मिनेटसम्म चर र ५ वजेर ४ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।

मेषः– संघर्ष विना लक्ष्य प्राप्ति हुने छैन । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । अधुरा काम सम्पादन हुनेछन् । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

वृषः– काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

मिथुनः– आर्थिक पक्षले पिरोल्नेछ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।

कर्कटः– समय सामान्य अनुकुल देखिन्छ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।

सिंहः– बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

कन्याः– गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।

तुलाः– समय प्रतिकुल देखिन्छ । मनमा अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । आफन्तमा राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।

वृश्चिकः– दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।

धनुः– समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोग मिल्नेछ ।

मकरः– समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।

कुम्भः– दिन प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । परिश्रम खेर जान सक्छ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

मिनः– समय सामान्यतया अनुकुल नै देखिन्छ । काम गर्ने वातावरण विस्तारै बन्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । यात्राको सम्भावना देखिन्छ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )