Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङको याङवरक गाउँपालिकाको नाम पाथीभरा याङवरक राखिएको छ भने मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा गाउँबाट थलङमा सारिएको छ। पाँचथरको मिक्वाखोला गाउँपालिकाको केन्द्र मेमेङबाट वडा ३ को थोक्लिम्बामा, इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र माईपोखरीबाट वडा ३ को माबुमोड देउरालीमा, इलामकै रोङ गाउँपालिकाको केन्द्र कोल्बुङबाट पहरीगाउँमा तथा झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र जलथलबाट धनुषपोखरीमा कायम गरिएको छ। सुनसरीको भोक्राहा गाउँपालिकाको नाम परिवर्तन गरी भोक्राहा नरसिंह राखिएको छ भने केन्द्र चिरौली चोकमा सारिएको छ ।

सुनसरीकै हरिनगरा गाउँपालिकाको नाम हरिनगर र बराह नगरपालिकाको नाम बराहक्षेत्र तथा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको नाम सहिदभूमि बनाइएको छ। धनकुटाकै छथर गाउँपालिकाको केन्द्र तांखुवाबाट जोरपाटीमा सारिएको छ। भोजपुरको टयाम्केमैयुम गाउँपालिकाको नाम टेम्केमैयुङ बनाइएको छ। सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको नाम थुलुङ दूधकोसी राखिएको छ भने दूधकोसी गाउँपालिकाको नाम माप्य दूधकोसी र केन्द्र बासाबाट माझगाउँखोलामा कायम गरिएको छ।

खोटाङको लामिडाँडा गाउँपालिकाको नाम रावा बेसी र केन्द्र खार्पाबाट कुभिन्डेको हरमटार, साकेला गाउँपालिकाको केन्द्र मात्तिमबाट मानेभन्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचउरबाट बाघखोर भन्ज्याङ, रूपाकोट मझुवागढीको नाम दिक्तेल रूपाकोट मझुवागढी तथा दिप्रुङ गाउँपालिकाको नाम दिप्रुङ चुइचुम्मा कायम गरिएको छ। उदयपुरको सुनकोसी गाउँपालिकाको नाम परिवर्तन गरी लिम्चुङबुङ बनाइएको छ।

त्यसैगरी सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र सीतापुरबाट सीतापुर कोलोनीको सडक कार्यालय भवन, बेल्ही चपेना गाउँपालिकाको नाम राजगढ र केन्द्र बेल्ही चपेनाबाट नर्घो कायम गरिएको छ। धनुषाको जनकपुर उपमहानगरपालिकाको नाम जनकपुरधाम बनाइएको छ। पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुडलीबाट हरिहरपुर बिर्ता, विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा र ठोरी गाउँपालिकाको केन्द्र सुवर्णपुरबाट घ्याङडाँडामा सारिएको छ।
त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केन्द्र महेन्द्रझयाडीबाट झनझने कायम गरिएको छ। रामेछापको लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी राखिएको छ भने केन्द्र बिजुलीकोटबाट वडा ३ र ५ को बीचमा सारिएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र काभ्रेबाट पाँडुडाँडा, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र किउलबाट बाहुन ढोडेनी, काभ्रेको चौरीदेउराली गाउँपालिकाको केन्द्र कात्तिके देउरालीबाट ढाँडखर्क भन्ज्याङ तथा काभ्रेकै महाभारत गाउँपालिकाको केन्द्र बनखुचौरबाट देवीटार कायम गरिएको छ।

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम आमाछोदिङमो र केन्द्र गोल्जुङ, नुवाकोटको मेघाङ गाउँपालिकाको नाम म्यगङ र केन्द्र देउरालीबाट मानेेब्ले तथा नुवाकोटकै पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङबाट घलेभञ्ज्याङ कायम गरिएको छ। धादिङको नेत्रावती गाउँपालिकाको नाम नेत्रावती डबजोङ र केन्द्र तिखाढुंगाबाट सेमजोङ तथा थाक्रे गाउँपालिकाको केन्द्र थाक्रेबाट महादेवबेंसी बनाइएको छ। मकवानपुरको वाग्मती गाउँपालिकाको केन्द्र फापरबारीबाट झुरझरे, बकैया गाउँपालिकाको केन्द्र छतिवनबाट हात्तीसुँढे, मनहरी गाउँपालिकाको केन्द्र मनहरीकै रजैया, राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर, चितवनको इच्छाकामना गाउँपालिकाको केन्द्र चण्डीभन्ज्याङबाट कुरिनटार सारिएको छ।

गोरखाको सुलिकोट गाउँपालिकाको नाम बारपाक सुलिकोट बनाइएको छ। गोरखाकै भीमसेन गाउँपालिकाको नाम भीमसेन थापा र केन्द्र बगुवाबाट घ्याम्पेसाल तथा धार्चे गाउँपालिकाको केन्द्र गुम्दाबाट माछीखोला कायम गरिएको छ। लमजुङको दूधपोखरी गाउँपालिकाको केन्द्र गौंडाबाट लेवरचोक, तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछाप, स्याङ्जाको गल्याङ नगरपालिकाको केन्द्र जगत्तदेवी गुठीबाट गल्याङ बजार, कास्कीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र लुम्लेबाट माछापोखरी लगिएको छ। कास्कीकै पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा बनाइएको छ।

मनाङको नासोङ गाउँपालिकाको नाम नासों, नेस्याङ गाउँपालिकाको नाम मनाङ डिस्याङ र केन्द्र साबिक मनाङ गाविस भवनबाट हुम्डे, नारफु गाउँपालिकाको नाम नार्पा भूमि र केन्द्र साबिक नार गाविस भवनबाट च्याँखु कायम गरिएको छ। मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको नाम बारागुङ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाको नाम लोघेकर दामोदरकुण्ड बनाइएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँट, धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट सातमुले घट्टेखोला, अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट पोखरेबगर, पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँटबाट लामाखेत, मोदी गाउँपालिकाको केन्द्र देउपुरबाट पातीचौर बजार, नवलपरासी -सुस्तापूर्व) को बुङदीकाली गाउँपालिकाको केन्द्र डेढगाउँबाट बबकमा सारिएको छ।

त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र पल्लीकोटबाट हर्दिनेटाको चोएगा, धुर्कोट गाउँपालिकाको केन्द्र जैसीथोकबाट बर्बोट, रूपन्देहीको कञ्चन गाउँपालिकाको केन्द्र गजेडीबाट व्यहोरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको केन्द्र बुडढीबाट हनुमानचोक र अर्घाखाँचीको पाणिनी गाउँपालिकाको केन्द्र खिदिमबाट दुर्गाफाँट कायम गरिएको छ। रोल्पाको दुईखोली गाउँपालिकाको नाम परिवर्तन र केन्द्र राङकोटबाट पुत्लाचौर बनाइएको छ। रोल्पाकै सुवर्णावती गाउँपालिकाको नाम सुनिल स्मृति र केन्द्र सुवर्णावती तथा सुकिदह गाउँपालिकाको नाम गंगादेव र केन्द्र जिनाबाङबाट सानाडाँडा कायम गरिएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र मोराबाङबाट खाबाङ बगर तथा पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र कोलबाट तकसेरा पुर्‍याइएको छ। दाङको बबई गाउँपालिकाको केन्द्र हंसपुरबाट हापुरे, बाँकेको बैजनाथ गाउँपालिकाको केन्द्र वनकटवाबाट रामपुर, राप्ती सोनारी गाउँपालिकाको केन्द्र कचनापुरबाट अगैया सारिएको छ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरुबाट सिम्रुतु खारानेटा, सल्यानको कुमाखमालिका गाउँपालिकाको नाम कुमाख तथा केन्द्र मर्मपारिकाँडाबाट रागेचौर र त्रिवेणीको बीचमा कायम गरिएको छ। सल्यानकै ढोरचौर गाउँपालिकाको नाम सिद्ध कुमाख र केन्द्र सिद्धेश्वरीबाट ढोरचौर तथा दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौरमा राखिएको छ।

दैलेखको महावु गाउँपालिकाको केन्द्र रानीवन, जाजरकोटको कुशे गाउँपालिकाको केन्द्र बाटुल्लेबाट थर्पु भार्मा, बारेकोट गाउँपालिकाको केन्द्र नायकबाडाबाट लिम्सा तथा त्रिवेणी नलगाड नगरपालिकाको नाम नलगाड र केन्द्र खगेनकोट मन्मैबाट दल्ली कायम गरिएको छ। डोल्पाको मुडकेचुला गाउँपालिकाको केन्द्र नर्कुबाट इलननिलदह र ठूलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारिएको छ। कालिकोटको कालिका गाउँपालिकाको नाम शुभकालिका र केन्द्र सुकाटियाबाट कालिखोला सुकाटिया डाँडा कायम गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र मुचुबाट याल्वाङमा सारिएको छ।

सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको छ। बैतडीको सिगास गाउँपालिकाको केन्द्र साबिकको शिवलिंग गाविसको गर्जेमा कायम गरिएको छ। सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा राख्ने निर्णय गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला बान्चौर कायम गरिएको छ।

यस्तै, बझाङको काडा गाउँपालिकाको नाम साइपाल, डोटीको बोगटान गाउँपालिकाको नाम बोगटान फुडिसल, सायल गाउँपालिकाको केन्द्र ओमनगरमा राखिएको छ। बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह कायम गरिएको छ। हिमाली गाउँपालिकाको केन्द्र बाधु धुलाचौर तोकिएको छ।