•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच कामदार लैजाने प्रक्रियाको भेण्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय १७ नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्था आएको हो।

मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ। भिसाको समय सकिएपछि ती युवा अब मलेसिया जान पाउने छैनन्।

वैदेशिक रोजगार विभाग आफैँले पनि कलिङ भिसाको विवरण संकलन गर्दा सबैको(४०–५० बाहेक) भिसा सकिएको फेला परेको हो। १० महिनादेखि कचल्टिएको मलेसिया रोजगारीलाई पुरानो अवस्थामा फर्काउन भिसा हेर्न खोजेको थियो।