Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडाैं । चर्चित बलिउड हस्तीहरुले राजनीतिक दलहरुसँग पैसा लिएर सामाजिक सञ्जालमा राजनीतिक प्रोपोगान्डा गर्ने गरेको खुलेको छ। स्टिङ अपरेसनका लागि प्रसिद्ध भारतीय अनलाइन कोब्रा पोष्टले अपरेसन ‘काराओके’ शीर्षकमा गरेको पछिल्लो अपरेसनले बलिउड कलाकारहरुको चरित्र उदांगो पारेको हो।

राजनीतिक दलका एजेन्टको रुपमा प्रस्तुत हुँदै कोब्रा पोष्टले राखेको प्रस्तावमा दुइ दर्जनभन्दा धेरै बलिउड कलाकारहरु आफ्नो फ्यान फलोइङलाई सामाजिक सञ्जालमार्फत प्रभावित पार्न तयार देखिएका हुन्। त्यसका लागि उनीहरुले प्रति ट्विट २ लाख रुपैंयादेखि ५० लाखसम्म माग गरेको भिडियो कोब्रा पोष्टले सार्वजनिक गरेको छ।

भिडियोमा केहि कलाकारले एक करोड रुपैंया उपलब्ध गराइएमा आठ महिनासम्म लगातार दाताले इच्छाए अनुशार ट्विट गरिरहने समेत बताएका छन्।