Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । प्रहरीले बरामद सुन फाइल फोटो प्रहरीले बरामद सुन फाइल फोटो न्याय परिषदले सुन तस्करी मुद्दामा शंकास्पद आदेश गरेको भनी उच्च अदालत विराटनगरका ८ न्यायाधीशमाथि प्रारम्भिक छानबिनपछि समिति नै गठन गरेर विस्तृत अनुसन्धान शुरु गरेको छ ।

दुई वर्षअघिको त्यस्तै घटनामा शंकास्पद आदेश गर्ने न्यायाधीशहरूले ‘उन्मुक्ति’ पाइरहेका छन् । उनीहरूमाथि प्रारम्भिक छानबिन समेत हुन सकेको छैन ।

‘दुई वर्षअघि ३३ किलो सुनकाण्डमा भएको आदेश अहिलेको भन्दा कम छैन,’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘अनुसन्धानक्रममा पेस भएका प्रमाण न्यायाधीशले नदेख्ने, न्यायाधशीशका यस्ता आदेश न्याय परिषदले थाहा नपाउने अवस्था बनेको छ । यस्तो आदेशमाथि गम्भीरतासाथ छानबिन हुनुपर्छ ।’

काठमाडौंको गौशालानजिक पिंगलस्थानबाट २०७३ पुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भएको थियो ।