Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याई नभ्याई भएको छ ।

शवदाह गृहमा उपलब्ध मेशिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न सकिएको छैन ।

शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापाको शव धेरै आउने भएकाले समस्या परेको बताए । उनले दैनिक सरदर २५ देखि ३० शव आउने बताए ।

अधिकृत थापाले नेपाल भने, ‘एउटा मात्र शवदाह गृहमा भएको मेशिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’ पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्को पुरानै प्रचलनअनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ ।