Spread the love
  • 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

नेपाल प्रवासी तामाङ समाज कतारको आठौं अधिबेशन हुने भएको छ । “तामाङ जातीको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको तामाङ समाज कतारले अन्तर्राष्ट्रिय समन्वय परिषद संयोजक शंखालाल तामाङको संयोजकत्वमा आगामी २०१९ अप्रिल २६ तारिख शुक्रबारका दिन आठौं अधिबेशन गर्ने एक सूचना जारी गरि जानकारी दिएको छ ।
सूचनामा उल्लेख भए अनुसार निर्वाचन समितिले आफ्नो वैधानिक सदस्यता नभएको अवस्थामा अधिबेशनको वन्दशत्रमा भाग लिनको लागि अयोग्य ठहरिने हुँदा आउदो २०१९ अप्रिल १२ तारिख सम्म मात्र सदस्यता फारम खुल्ला रहेको जनाएको छ । उक्त अधिबेशनका संयोजक तामाङले जानकारी गराए अनुसार “दोहा कतार मा रहेका तामाङ समुदायका ईच्छुक ब्यक्तीहरुले संस्थामा नयाँ सदस्यता लिन र पुरानो सदस्य हरुले नवीकरण गर्न सक्नेछन् ।