Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । हाम्रो शरीरको पाचन तन्त्रले सबै कुरा पचाउन सक्दैन । यी ५ चीज पचाउन शरीरलाई मुश्किल हुन्छ, त्यसैले यी ५ चिजबाट टाढै रहनु राम्रो हुन्छ ।

प्रोसेस्ड (संशाधित) फूड

चिप्स, क्यान्डी र जंक फूड उच्च मात्रामा प्रोसेस्ड हुन्छ र यस्ता चीजमा केमिकल पनि धेरै मात्रामा हुने गर्दछ । यस्तो पदार्थको सेवन गर्नु भनेको शरीरमा रोग निम्त्याउनु हो ।

धेरै गुलियो वस्तु

यति मात्र नभई धेरै गुलियो वस्तु पनि शरीरको लागि हानिकारक हुन्छ । धेरै गुलियो पदार्थ शरीरका साथै पाचन प्रक्रियाको लागि पनि बेफाइदाजनक छ ।

डेरी प्रोडक्ट्स

हाम्रो शरीरले डेरीका उत्पादन पनि सहजै पचाउन गाह्रो हुन्छ । डेरी उत्पादनमा हुने ल्काक्टोजलाई पचाउन शरीरलाई हम्मे हम्मे पर्छ ।

सिड्स (बीज)

हाम्रो शरीरले ज्यादातर कच्चा सिड्स (बीज) पनि पचाउन सक्दैन । यसमा हुने फाइटिक एसिड पचाउन मुश्किल हुन्छ ।

फाइबर

फाइबर यद्दपि शरीरको लागि जरुरी छ तर यसलाई पचाउन शरीरमा धेरै शक्तिको आवश्यका पर्छ । (एजेन्सी)