Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, ११ फागुन : दूधमा धेरै पोषक तत्व पाइन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । यसमा हुने पोषक तत्वले शरीर तन्दुरुस्त बनाइराख्न सहयोग गर्दछ ।

तर तपाईंलाई थाहा छ, यस्ता केही चीजहरु छन्, जसलाई दूधसँगै सेवन गर्दा शरीरमा नकारात्मक असर पर्ने गर्दछ । आउनुहोस्, जानी राखौं आखिर कस्ता चीजहरु दूधसँगै सेवन गर्न हुँदैन त-

दूधसँगै कहिले पनि दहीको सेवन गर्नुहुँदैन । यस्तो गर्दा एसिडिटी, ग्यास र उल्टीको समस्या हुनसक्छ । दही सेवन गरेको एक डेढ घण्टापछि मात्र दूध पिउनुपर्छ । यसैगरी कालो दालको साथ पनि दूधको सेवन राम्रो मानिँदैन ।

दूध पिउनु अघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । यदि तपाईं दूधसँग सुन्तला, भुईं कटहरजस्ता फलको सेवनले नोक्सान पुर्याउँदछ । यसो गर्दा खाना राम्रोसँग पच्दैन र उल्टीको सम्भावना हुन्छ ।

यसको अलावा एकैसाथ दूध र केराको सेवन पनि गर्नुहुँदैन । किनकि दूध र केरा दुबै कफका कारक हुन् । दुबै चीजलाई सँगै सेवन गर्दा एकातिर कफ बढ्छ र अर्काेतिर पाचन प्रक्रियामा नकारात्मक असर पर्ने गर्दछ ।

कतिपय मानिसहरु खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैंमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ । किनकि आयुर्वेदको अनुसार, प्रोटिन, कार्बाेहाइड्रेट र अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नुहुँदैन । त्यसैले दूध छुट्टै लिनु उपयुक्त मानिन्छ ।

दूध र माछा पनि एकैसाथ खान हुँदैन । किनकि यसो गर्दा ग्यास, एलर्जी र छालासम्बन्धी समस्या निम्तिन सक्छ ।

दूधलाई पूरा आहार मानिन्छ । यसमा भिटामिन, प्रोटिन, ल्याक्टोज, शुगर र मिनिरल लगायत सबै पोषक तत्व पाइन्छ । दूधसँग तारिएको, भुटेको र धेरै नूनिलो चीज उपयुक्त हुँदैन । (एजेन्सी)