Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

जनकपुर । ६५ वर्षीया सिवरती सदा (मुसहर) का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट बञ्चित छिन् ।

उनको छोरा मुनेश्वरले रामअशिष यादलकहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’ को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरी पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ ।