Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । दिल्लीमा आयोजित एक कार्यक्रममा एडभान्स दिएपछि कार्यक्रममा नपुगे पछि बलिउड अभिनेत्री सोनाक्षी सिन्हा समेत ५ व्यक्तिको विरुद्ध ठगीको मुद्धा दर्ता भएको छ ।

सोनाक्षी लगायत यस आरोपमा ट्यालेन्ट फुल अन कम्पनीको अभिषेक सिन्हा, माल्विका पञ्जाबी, धुमिल ठक्कर र एडगर सकारिया परेका छन् । दिल्लीमा ३० सेक्टेम्बर इन्डिया फेसन एण्ड ब्यूटी अवार्ड आयोजना गरिएको थियो । उक्त कार्यक्रमको लागि सोनाक्षीले एडभान्स समेत लिइसकेकी थिइन । तर उनी कार्यक्रमा पुगिनन् । उनी कार्यक्रममा नपुगेपछि कार्यक्रमका आयोजक प्रमोद शर्माले पुलिसमा मुद्धा चलाएका हुन ।

सोनाक्षी र निजी सचिवको कुराकानी पश्चात ३२ लाख रुपैयाँ प्रमोदको खातामा ट्रान्सफर गदिएका थिए तर सोनाक्षीले अन्तिम समयमा कार्यक्रम रोकेको भन्दै मुद्धा दर्ता गरिएको हो ।