Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्पर्धालाई बढाउन जोखिम मोलेरै अनुमति बाँडेको पाइएको छ । पोखराका सिमित स्थानको आकासमाथि उडान गर्ने गरी एउटै स्थानबाट साहसिक गतिविधि चालाउन मात्रै ६३ वटा प्याराग्लाइडिङका कम्पनीले अनुमति पाएका छन् ।

मन्त्रालयले पोखराको सराङकोट र तोरोपानीका नाममा पोखराको आकाशमै एकैपटक उडान गर्न पाउनेगरी यी संस्थालाई अनुमति दिएको हो । पर्यटन मन्त्रालयमा दर्ता भएका र सञ्चालनमा रहेको विभिन्न ८२ वटा यस्ता संस्था मध्येअधिकांसले प्याराग्लाइडिङ प्रशिक्षण संस्थाका रूपमासमेत काम गर्न गर्ने गरेका छन् ।

पोखरामा उडान हुने प्याराग्लाइडिङका संस्थाबाट नयाँ जनशक्ति उत्पादन हुने र सोहीले नयाँ संस्था खोल्ने क्रम बढेको छ । तर पर्यटन मन्त्रालयका अनुसार विधिवत रूपमा प्रशिक्षण संस्थाको अनुमति लिएका भने दुईवटा मात्रै छन् । यी दुईवटा संस्थामध्ये स्याङ्जा र बन्दीपुरमा एकएक संस्थाले मात्रै यस्तो अनुमति लिएका छन् । बाँकी सबै व्यवसायीक रुपमा अनुमित लिने संस्था मात्रै छन् ।

पोखराको सराङकोट र तोरेपानीबाट उडान गर्ने यी सबै कम्पनी फेवाताल किनारमा अवतरण मात्रै अवतरण गर्छन । हाल पोखरामा मात्रै झण्डै ६३ वटा कम्पनीले संचालन अनुमति लिएका र एउटा कम्पनीले औषतमा ६ वटा प्याराग्लाइडर उडाउने र दैनिक एउटा प्याग्लाइडरले ३ वटासम्म उडान गर्न पाउने नियम नेपाल हवाई खेलकूद संस्थाले नै बनाएको छ ।

सोही नियम अनुसार उडान गर्दा पनि पोखरा र यस वरपरको आकासमा पर्यटकीय सिजन हुँदा एकैपटक ११ सय भन्दा बढी उडान हुने गरेको छ । मन्त्रालयका अनुसार प्याराग्लाइडिङ र अल्ट्रालाईटको प्रशिक्षण संस्थाको अनुमति माग्ने कम्पनी एकपछि अर्को आउन थालेका र सबैको रोजाई पोखरा मात्रै भएकोले पनि पोखरामा नयाँलाई उडान अनुमति र प्रशिक्षण दुबै सेवा बन्द भएको छ ।

पोखरामा मात्रै अधिकांश कम्पनीले प्रशिक्षण संस्था माग गरेको र दर्ता भएका सबैले प्रशिक्षणको पनि अनुमति माग भएपनि मन्त्रालयले सबैलाई यस्तो प्रशिक्षण संस्थाको अनुमति भने बाँडेन । त्यसैका कारण हालसम्म प्रशिक्षण संस्थाको अनुमति लिनेमा दुईवटा कम्पनीलाई मात्रै परेको उल्लेख छ ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम अगाडि बढेको छ । यो विमानस्थल निर्माण पश्चात संचालनमा भएका सबै प्याराग्लाइडिङ हवाई उडान रुटमापर्ने भएकोले अनिवार्य सबै विस्थापन हुनुपर्छ । त्यसमा पनि धेरै संस्थाको रोजाई पोखरानै हुनुले प्याराग्लाइडिङको पोखरा उडान नै जोखिमपूर्ण परिरहेको नेपाल हवाई खेलकूद संघको भनाइ छ ।
संस्थाका अनुसार सबै संस्थाका आकर्षण पोखरा हुने र यही स्थानमा पर्यटक बढी आउने र पर्यटकीय गतिविधिको उपयुक्त स्थानका रुपमा स्थापित भइसकेको पोखरा र सराङ्कोट तथा तोरेपानीलाई यस गतिविधिले थप सहज बनाइरहेको उल्लेख छ ।

पोखरामा जोखिम मोलेर उडान गर्नेकम्पनीले एकैपटकमा ११ सय भन्दा बढी उडानसम्म गर्ने गरेका छन । विमानस्थल निर्माण भएपनि यहाँबाट निस्कनुपर्ने त छँदै छ । अहिले नै कुनैपनि बेला एक आपसमा ठोक्किनै, जहाजमा ठोक्किन पुग्ने, पोखरा विमानस्थलमा खस्नेसहितको जोखिम बढेको छ । पोखराबाहेक हाल काठमाडौंका वरपरका डाँडासम्म पनि यस्ता प्याराग्लाइडिङ आइपुगेका छन ।

हाल काठमाडौंको लप्सीफेदी, ललितपुरको विशंखुनारायण पनि यस्ता साहसिक पर्यटनका गतिविधि सञ्चालन हुन थालेको छ । पोखराबाट विस्तारै बाहिर निस्कने क्रममा यस्ता कम्पनीहरू पाल्पा र सुर्खेत, भेडेटार, बन्दीपुर, कन्याम, नुवाकोट, चितवन, गोरखासहितका स्थानका पर्यटकीयक्षेत्रमा प्याराग्लाइडिङका कम्पनी पुगिसकेका छन् ।

मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् ।

यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटी ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ । सञ्चालन प्रक्रिया सहज र छोटो भएकोले पनि यसतर्फ व्यवसायिक आकर्षण पनि देखिएको हो ।