Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । विभागैपिच्छिे खर्च गर्दा अनियमितता बढेको भन्दै काठमाडांै महानगरपालिकाले भुक्तानी प्रणालीमा एकद्वार प्रणली लागू गरेको छ । विभागमा दिइएको अधिकार खोस्ने नियतले नभई आर्थिक गतिविधिलाई व्यवस्थित गर्नका लागि सो प्रणली लागू गरिएको कामपाले जनाएको छ ।

सेवा वा वस्तु खरिद गर्दा अपनाइने पद्धति त्रुटीरहित र दैनिक सेवा व्यवस्थापन विधिसम्मत भएपछि आर्थिक शुशासन बलियो हुनेमा जोड दिँदै महानगरका अधिकारीबीच आन्तरिक नियन्त्रणबाट आर्थिक शुशासन कायम गराउन मत निर्माण भएको थियो । महानगरको आर्थिक व्यवस्थापन अभ्यासमा धारणा राख्ने क्रममा अधिकारीहरूबाट व्यक्त विचारमा यस प्रकारको मत देखिएको पाण्डेको भनाइ छ

काठमाडौं महानगरपालिकाका सहसचिव डा. टोकराज पाण्डेले भने,‘ यो विभागमा दिइएको अधिकार खोस्ने नियतले नभई आर्थिक गतिविधिलाई व्यवस्थित गर्नका लागि हो ।’

सेवा वा वस्तु खरिद गर्दा अपनाइने पद्धति त्रुटीरहित र दैनिक सेवा व्यवस्थापन विधिसम्मत भएपछि आर्थिक शुशासन बलियो हुनेमा जोड दिँदै महानगरका अधिकारीबीच आन्तरिक नियन्त्रणबाट आर्थिक शुशासन कायम गराउन मत निर्माण भएको थियो । महानगरको आर्थिक व्यवस्थापन अभ्यासमा धारणा राख्ने क्रममा अधिकारीहरूबाट व्यक्त विचारमा यस प्रकारको मत देखिएको पाण्डेको भनाइ छ ।

काम गर्दा मानवीय श्रोत र प्रविधिको संयोजन दुवै बिधि अपनाउँदा त्रुटी आउन सक्छ । असल नियतले गरेका कामबाट डराउनु पर्दैन । महानगरपालिकाले अहिले ठूला ठूला आयोजनाहरू सञ्चालन गर्छ । यी आयोजनामा लगानी पनि ठूलो छ । त्यसैले आर्थिक अनुशासनलाई प्राबिधिक रूपमा पनि हेरिएको उनको भनाइ छ ।

प्रचलित व्यवस्थाबमोजि असल शासन प्रबद्र्धन गर्न महानगरले आर्थिक व्यवस्थापनमा आन्तरिक नियन्त्रण प्रणाली अबलम्बन गरेको छ । आर्थिक अनुशासनलाई मजबुत बनाउन मितव्ययी खर्च, बेरुजु घटाउन समपरीक्षण गर्ने कामलाई प्राथमिकतामा राखेको आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपालप्रसाद पोख्रेलको भनाइ छ ।

महानगरका अर्का सहसचिव भरत अर्यालको भनाइ छ । महानगर निकायबाट सरकारमा रूपान्तरण भइसकेको छ । त्यसैले महानगरले सरकारका हैसियतमा बिधि निर्माण गर्छ र आफूले बनाएका व्यवस्थाबमोजिम कार्यक्रम सञ्चालन गर्छ । महानगरको कामलाई महालेखा परीक्षकको कार्यालयले त्यही अनुरूप हेर्नुपर्ने, सहसचिव अर्यालको भनाइ थियो ।

काठमाडौं महानगरको मुख्य काम सेवा हो । यसले गरेका कामलाई आर्थिक लाभ र नोक्सानका कोणबाट होइन, नागरिक जीवन सहजतामा प्रभाव प¥यो कि परेन भनेर हेरिन्छ । महानगरले सम्पादन गरेका कामको लेखा परीक्षण गर्दा, महानगरका प्रमुख जिम्मेवारी र जिम्मेवारी पूरा गर्न आकर्षित हुृने कानुनी व्यवस्थालाई आधार बनाइन्छ । महानगरको लेखापरीक्षण कार्य गरिरहेका महानलेखा परीक्षकको कार्यालयका निर्देशकहरू शंकर पन्थीले बताए ।

अन्तिम लेखा परीक्षण कार्य हुँदा श्रोत संकलन र परिचालनका साथै सेवाका अभिन्न अंगको संस्थागत सरचनामा व्यवस्था, राजनीतिक र प्रशासनिक नेतृत्वका अन्तरपक्ष पनि हेरिनुपर्नेमा अधिकारीहरूको जोड छ ।