Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावबसँग बेहुला पक्षले एउटा मोटरसाइकल सहित ५० हजार नगद मागेको थियो । दुई महिना अघि छिमेकी निचुटा गाउँका एक युवक सँग उनको टिकाटालो भएको थियो ।

दाइजो कसरी दिउँ भनेर बुबाले घरमा गुनासो गरेको उनले सुनेकी थिइन । यहि कारण टिकाटालो रद्द भएपछि उनि सुर्ताउन थालेकी थिइन् ।

यसपटक फेरि सीमापारी भारतबाट केटापक्ष आउन लागेका थिए । केटापक्षले ५० हजार नगद मागेको उनका बुबाले घरमा सुनाएपछि परिवारमा फेरि नियास्रो छायो ।

केटापक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । तर दुई दिन अघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरेकी छन् ।