Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकले विधान संशोधन पारित गरेको छ । महासमिति बैठकले परिमार्जन केन्द्रिय समितिलाई केही वुँदा परिमार्जन सहित पारित गर्न पठाएको भएपनि केन्द्रिय समितिले महासमितिको भावना विपरित संशोधित विधानलाई बहुमतले पारित गरेको हो ।

मुख्य गरी संशोधित विधानमा केन्द्रिय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो । समानुपातिक समावेशीको कुरामा पनि पटक पटक एउटैलाई अवसर नदिने गरि विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो । महासमिति बैठकले प्राप्त सुझावहरुलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रिय समितिमा विवाद भएपछि बहुमतले संशोधित विधान टुङ्गाएको हो ।

महाधिवेशनमा केन्द्रिय नेताहरु सबै तल्लो तहबाटै चुनिने व्यवस्था नराखेपछि अब १३ औं महाधिवेशनको जस्तै केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन र चौधौं महाधिवेशनमा केन्द्रिय नेतत्वको दाबी गर्न पाउछन् ।
केन्द्रिय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने भन्ने बारेमा संस्थापन पक्षले असमती जनाएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु केन्द्रिय सदस्यहरु महाधिवेशनमा तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने पक्षमा थिए ।

आइतवार बसेको बैठकले महासमिति बैठकबाट आएको उपसभापति विमलेन्द्र नीधिद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्धय डा। शसांक कोइराला र पुर्णवहादुर खड्काद्धारा प्रस्तुत सांगठनिक प्रस्ताव, कोषाध्यक्ष सितादेवी यादवद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्रीद्धारा डा। प्रकाशसरण महतद्धारा प्रस्तुत काग्रेसको आर्थिक नीति सम्बन्धि प्रस्तावलाई पनि पारित गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने बारेमा निर्ण गरेको छैन । नेविसंघ बारे भोली मंगलबार बस्ने बैठकले निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस बैठकले देशको विभिन्न ठाउमा भैरहेको बम विष्फोटको घटना प्रति गम्भिर हुदै शान्ति सुरक्षा कायम गर्न सरकारसंग माग गरेको छ । साथै, बैठकले हालै संसदमा दर्ता भएको सुचना प्रविधि सम्बन्धि विधेयका कतिपय प्राबधान अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने खालको भएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ । कांग्रेस बैठकले यो विधेयकका अनुदार प्रावधानहरु सच्चाउन सरकारसंग माग पनि गरेको छ ।