Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

बुटवल । बुटवलको अमरपथस्थित प्रभु बैंकमा भीषण आगलागी भएको छ । राति अन्दाजी ९ बजेबाट शुरु भएको आगलागी राति अवेरसम्म नियन्त्रणमा आउन सकेको छैन ।

बैंक रहेको भवनको तल्लो तलामा रहेको होटल रोयलबाट शुरु भएको आगलागी बैंक रहेको तलासम्म फैलिएको जनाइएको छ ।

आगलागी नियन्त्रणका लागि तीन वटा दमकल र प्रहरी परिचालन भए पनि आगलागी नियन्त्रण बाहिर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिएका छन् ।

होटलबाट शुरु भएको आगो प्रभु बैंकको एटीएम, भैरव ब्याग हाउस र बिन्दवासिनी फेन्सीमा क्षति पुगेको छ ।

आगलागी भएको स्थानबाट ५ सय मिटर दूरीमा रहेको बुटवल उपमहानगरपालिको दमकललाई खवर गरेको ४५ मिनेटपछि मात्र २ वटा दमकल घटना स्थल पुगेको पुगेको स्थानीयबासीले जानकारी दिएका छन् । आगलागी हुनुको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।