Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले न्यायालय शुध्दीकरणको सिलसिलामा विशेष अदालत काठमाडौंका न्यायाधीशत्रय चण्डीराज ढकाल र रत्नबहादुर बागचन्दलाई एकैसाथ काज सरुवा गरेर कालापानी मानिने जुम्ला र नारायण पोखरेललाई राजविराज सरूवा गरेका छन् । २०७५ फागुन १२ गतेको न्याय परिषद्को निर्णयबाट तीनजना न्यायाधीशहरूको सरुवा भएको स्रोतले बताएको छ।

पछिल्लाे समयमा अर्बाैंका मुद्दाका आराेपीहरूलाइ सामान्य धराैटीमा उन्मुक्ति दिएकाे आरोप विशेष अदालत काठमाडौंका न्यायाधीशहरू माथि लाग्दै आएकाे थियाे ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले अर्बाैंकाे विगाे दावीसहितकाे मुद्दा दायर गरेतापनि विशेष अदालतबाट सामान्य धराैटी आरोपीहरू छुट्दै आएका थिए । यसले गर्दा विशेष अदालत काठमाडौंका न्यायाधीशहरू आलाेचनाका पात्र बन्दै आएका थिए ।

३३ किलो ”गोरे सुन काण्ड” र घुसकाण्डमा मुछिएका अन्य ११ जना न्यायाधीश न्यायपरिषदमा यसअघि तानिसकिएका थिए ।