Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको हो ।

जे पौडेल एण्ड एसोसिएटिभ कम्पनी चाटर्ड एकाउण्टले गरेको लेखा परीक्षण प्रतिवेदनले त्यस्तो औंल्याएको हो । लेखा परीक्षणका क्रममा कलेजको आम्दानीभन्दा बढी खर्च भएको देखिएको छ । कलेजका सञ्चालकहरुले अनियमित निकासी गर्ने गरेका थिए । अध्यक्ष न्यौपानेले मात्र १३ करोड ३२ लाख गैरकानूनी भुक्तानी लिएको भेटिएको छ ।