Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । कृत्रिम गर्भाधानबाट शिशु जन्माए पनि बाबुको हैसियत ‘वैवाहिक’ हुने कानुन बनाइँदैछ ।

सरकारले प्रमाण ऐन २०३१ मा संशोधनमार्फत नयाँ मान्यता स्थापित गर्न लागेको छ । ऐन संशोधन भए टेस्ट ट्युब प्रविधिबाट बच्चा जन्माए पनि यस्ता महिलाका पतिले जैविक बाबु सरह मान्यता पाउने छन् ।

‘पति र पत्नीको मञ्जुरीले कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको हो भनी अदालतले अनुमान गर्नेछ,’ दफा ६ संशोधन गरी थपिएको खण्ड घ ९१० मा भनिएको छ ।

यसअघि उक्त दफामा विवाह भएको मितिदेखि १८० दिनपछि जन्मिएको शिशुलाई विवाहित पतिबाट जन्मिएको अनुमान गरिने व्यवस्था थियो ।