Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

जनकपुर धाम । जनकपुर जयनगर रेल सञ्चालनमा ढिलाई भएपछि लिक क्षेत्र अहिले बालबालिकाहरुको खेल्ने ठाउँ बनेको छ । बालवालिका दिनभरी लिकमै खेलेर रमाइलो गरेको भेटिन्छन् ।

जनकपुरधाम जयनगर बीचमा एक दर्जन गाउँ छन् ती गाउँका बालवालिका रेलको लिकमै खेलेर दिन बिताउने गर्छन् । वैदेही स्टेशनमा खेलिरहेका ८ वर्षीय पंकजले भने, ‘हामी विद्यालयबाट आएपछि घण्टौँ यही खेल्ने गर्छौ ।’

पंकजसंगै त्यहाँ एक दर्जन बालबालिका त्यहाँ खेलिरहेका थिए । यही स्थिति महिनाथपुर स्टेशनको रहेको छ । १० वर्षीय मोहनले भने, ‘हामी चार भाई, बहिनी छौँ, सबै साँझ बिहान लिकमै ढुंगा लिएर गोटी गोटी खेल्ने गर्छौँ ।

जुन रुपमा रेल सञ्चालनमा ढिलाई भइरहेको छ एकातिर स्थानीयवासीको आशा मरी रहेको छ भने बालबालिका त्यसैमा रमाईरहेका छन् । रेल सञ्चालन गर्न स्टेशन, कार्यालय जस्ता भौतिक पूर्वाधार तयार भइसकेको छ । तर इन्जिनको अभाव समस्या बनेको छ ।