Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । दिनेश लिङ्देनले निर्देशन गरेको चलचित्र ‘अदालत’ को नयाँ गीत ‘तीन पाने’ सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको ‘तीन पाने’ बोलको आइटम गीतमा अभिनेत्री सुष्मा कार्कीको नृत्य छ । २४ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘अदालत’ को यो गीत अन्य आइटम गीतभन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ । गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेशकै स्वर तथा रोशन वान्तवा राईको संगीत छ । ज्ञानु राईको छायांकन रहेको गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी र रन्जित मानन्धरको सम्पादन छ ।

निर्देशक दिनेशले चलचित्रले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको बताए । चलचित्रमा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलीप ठकुरी, पुण्य ओझा, अजय खड्का आदिको मुख्य भुमिका रहेको छ । यही चलचित्रबाट मदन, राजकुमार, रुद्र र शान्तिले डेब्यु गर्दैछन् ।

चलचित्रमा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । वसन्त थेवे कार्यकारी निर्माता रहेको चलचित्रमा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । चलचित्रमा कविता राई निर्मात्री छिन् । चलचित्रमा दिनेशकै लेखन छ ।