Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन १५ गते बुधबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ फेब्रुवरी २७ तारिक कृष्णपक्ष अष्टमी तिथि विहान १० वजेर १० मिनेटसम्म उप्रान्त नवमी तिथि, ज्येष्ठा नक्षत्र राती ४ वजेर ४६ मिनेटसम्म उप्रान्त मूल नक्षत्र,हर्षणयोग,कौलवकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य कुम्भ राशीमा,चन्द्रमा राती ४ वजेर ४६ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ मध्यान्ह १२ वजेर १७ मिनेटबाट अपरान्ह १ वजेर ४३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ७ वजेर ५९ मिनेटबाट ९ वजेर २५ मिनेटबाट १० वजेर ५२ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान १० वजेर ५० मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११ वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ७ वजेर ५९ मिनेटसम्म लाभ वेला,७ वजेर ५९ मिनेटबाट ९ वजेर २५ मिनेटसम्म अमृत वेला,९ वजेर २५ मिनेटबाट १० वजेर ५१ मिनेटसम्म काल वेला,१० वजेर ५१ मिनेटबाट १२ वजेर १७ मिनेटसम्म शुभ वेला,१२ वजेर १७ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म रोग वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर ९ मिनेटसम्म उद्वेग वेला,३ वजेर ९ मिनेटबाट ४ वजेर ३५ मिनेटसम्म चर वेला र ४ वजेर ३५ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३६ मिनेटसम्म उद्वेग वेला,७ वजेर ३६ मिनेटबाट ९ वजेर १० मिनेटसम्म शुभ वेला,९ वजेर १० मिनेटबाट १० वजेर ४४ मिनेटसम्म अमृत वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म चर वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ५२ मिनेटसम्म रोग वेला,१ वजेर ५२ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म काल वेला,३ वजेर २६ मिनेटबाट ५ वजेसम्म लाभ र ५ वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

मेषः– समयमा काम गर्न असमर्थ हुनुहुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । घर परिवारबाट सहयोग सहानुभूति कम मिल्नेछ । चिन्ताले छा्ड्ने छैन ।

वृषः– दिन शुभ देखिन्छ,ढिला सुस्ति कत्ति पनि नगर्नु होला । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋण घट्ने सम्भावना बढि नै देखिन्छ । काममा गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । बाद विबाद मुद्धा मामिलामा जीत हुनेछ ।

कर्कटः– चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । प्रेमिकाबाट सहयोग मिल्नेछ ।

सिंहः– घर परिवारलाई समय धेरै दिदा गर्नु पर्ने काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।

कन्याः– समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

तुलाः– ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।

वृश्चिकः– दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

धनुः– समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।

मकरः– समग्रमा दिन राम्रै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।

कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।

मिनः– मानसिक तनावमा कमी आउनेछ । भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । लेनदेन कारोवारमा समस्या आउन सक्छ ।