Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सरकारी टेलिभिजन एनटीभीले ब्ल्याक आउट गरेर सिंहदरवार शासनको विरोध गरेको छ । सिंहदरबारबाट प्रसार हुने सबै च्यानल ४८ मिनेटसम्म ब्ल्याक आउट गरिए । फागुन ९ गते साँझ ६ : ५५ बाट ७ः४३ बजेसम्म सरकारले टेलिभिजन बन्द गरेर जनतालाई बिना सूचना नै चकमन्न पारिदियो । एक्कासी एनटिभी बन्द भयो, एनटीभी प्लस पनि छैन । समाचार चैनल त होला भन्यो, त्यो पनि छैन । किन सरकारले नै सिंहदरबारको सबै चैनल बन्द गरेको सम्बन्धमा आजसम्म पनि केही सूचना दिएको छैन ।

लामो समयदेखि विभिन्न घोटाला काण्डहरूको अखाडा बनेको एनटीभीका ब्यवस्थापकहरूले प्रधानमन्त्रीलाई समेत पनि गुमराहमा राखेर नाम मात्रैको एचडी उद्घाटन गराएको समयपछि त्यहाँका हाकिमहरू उन्मत्त भएको कर्मचारीहरू बताउँछन् । स्रोत भन्छ, अरु चर्तिकला त लेखिसाध्य नै छैन । प्रधानमन्त्री र समाचार वाचकलाई लुटुपुटु पारेको देखाएर एचडी उद्घाटन गरिएको थियो । लुटुपुटु पार्नु, भद्रगोल बनाउनु, एचडीको नारा भजाउँदै कमिसनका लागि अनियमितरुपमा अन्धाधुन्ध खरिद गर्ने र एसडी क्वालिटी देखाउँदै गर्नु एवम् जनतालाई उल्लु बनाउनु सरकारी च्यानलहरूको काम भैसकेको पत्रकारहरू बताउछन् ।

एसडीका असाध्यै पुराना भिडियोहरूलाई कालो घेराले बेरेर सानो झ्यालबाट देखाएर एचडीको ध्वाँस दिने, टिभीमै भंगेरे अक्षरमा एचडी लेख्ने काम समेत भैराखेको छ । यस्तै मनपर्दी गरेको खुशियालीमा हिमालय होटलमा मापसेको छेलोखलो गरिएको थियो ।

एसडीको उपकरण प्रयोग गरेर एचडीको ढ्वाङ् फुक्नाले टेक्निकलरुपमा नै गडबडी भैरहेको प्राविधिकहरू बताउछन् । यस्तो विवषयमा साँघुले बारम्बार सचेत गराउँदै आएपनि कुनै सुधार भएको महसुस हँुदैन । तर, भद्रगोले समूहहरूले नै सरकारको मन जित्न सफल भएपछि नेपाल टेलिभिजन नै लगभग एक घण्टा बन्द हुँदा पनि चेत खुलेको देखिन्न ।

प्रसारण रोकिएपछि माफ माग्नु पर्ने सामान्य नैतिकता पनि एनटीभीका जिम्मेवारहरूलाई मतलब नभएको पाइयो । ढिलो भैरहेको छ, गलत भिडियो देखाएको छ, कहिले त झ्यारझ्यार पनि छ, हुँदाहुँदा लामो समयसम्म चैनलहरू नै ठप्प । तर, भद्रगोल भएकोमा जनतासंग माफी माग्ने, लाज मान्ने शरम भन्ने कुनै चिज पनि यी सरकारी चैनलवालाहरूसंग एक रत्ति नभएको तथ्य र घटना २०७५ फागुन ९ गते साँझ ६ः५५ बजेबाट ७ः४३ सम्मको जात्राले स्पष्ट पार्दछ ।

बुझिए अनुसार, फागुन ९ गतेको ब्ल्याक आउट अर्को थप लाजमर्दो कारणले भएको हो । प्राधिकरणको बत्ती गयो, युपीएसको ब्याकअप पनि सकियो, तर जेनेटर छ, तेल छैन । सिंहदरबारका एनटीभीका ३ चैनल बन्द । कार्यकारी अध्यक्ष महेन्द्र विष्ट पोखरामा मस्तराम !

सरकारी टेलिभिजनले जनतालाई अझै कस्तो हुर्मत देखाउने होला यसै भन्न सकिने अवस्था छैन । ब्याक अप राख्ने मुख्य जिम्मेवार इन्जिनीयरिङ र जेनेरेटरको खरिदमा ज्यादा ध्यान दिने डीजीएम दीपकमणि धिताल रहेको थाहा भएको छ ।

तर, सामान्य ब्याकअपको समेत होस नराख्ने र टेलिभिजन लामो समयसम्म बन्द भएकोमा दर्शकहरूलाई सूचनासम्म नदिने तर करोडौंका सामान खरिद र विदेश भ्रमणमा मात्रै ध्यान दिने टेलिभिजनका जिम्मेवार व्यक्तिहरूमाथि सरकारले कुनै सोधपुछसम्म गरेको थाहा छैन ।

सरकार, अख्तियार र महालेखा परीक्षकलगायतका सबका सब टेलिभिजनको नेतृत्वप्रति बिन्दासै सन्तुष्ट रहेको कारणले ब्ल्याक आउट जस्तो सबै तर अचम्म त के छ भने डीजीएमहरू दीपकमणि, विष्णुराम नेउपाने र महाप्रबन्धक गोविन्द रोकाको छानबिन समितिले कुनै एकदिन समाचार बुलेटिनहरू ढिलो भएर टेलिभिजनको साखमा आघात पु¥याएकोमा किन कार्वाही नगर्ने भनेर पत्र काट्दै निम्नस्तरको प्राविधिकहरूलाई बयान लिएर मजाक् उडाउने काम गरिराखेको स्रोत बताउछ ।

उनीहरूले दिएको बयानकै विषयमा छानबिन समितिका जिम्मेवार हाकिमहरूले कसले के भनेको भनेर खिस्सी गर्ने गरेको अवस्थामा ब्याकअपको सम्म व्यवस्था गर्न नसकेर ४८ मिनेटसम्म ३ वटा चैनल नै ब्ल्याक आउट गर्दा चाहिंँ साखमा कति घात पारियो भनेर उनीहरूलाई सम्भवतः कसैले सोध्ने छैन । किनकि उनीहरूले जस्तोसुकै झूर पर्फरमेन्स देखाएर जनतालाई उल्लू बनाउँदा पनि सरकारको लाडप्यार पाइ नै रहने उनीहरूको जन्मसिद्ध अधिकार हुँदै आएको छ ।(साँघु साप्ताहिक)