Spread the love
  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

प्रकाश थिङ ललितपुर
काठमाडौँ- ललितपुरको बागमती गाउँ पालिकाको अार्थिक सहयोगमा बागमती खेलकुद समिति को अायोजनामा असोज २९ गते बुधबार का दिन बागमती गाउँ पालिका खुल्ला अध्यक्ष कप फुटबल प्रतियोगिता प्युटारको खयरघारि खेलकुद मैदानमा
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाको प्रमुख अथितियमा भब्य रुपमा खयरघारी खेलकुद मैदानमा उट्घाटन गर्नु हुदै भन्नू भयो आफूले छुट्याएको बजेट दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कटौती गरेको भन्दै आक्रोश पोखेका छन् । राणाले ललितपुरका विभिन्न स्थानमा आफूले खेलकुदको विकासका लागि बजेट छुट्याएको बताए ।

‘मेरो पालामा यो खयरघारी खेल मैदान बनाउन पञ्च वर्षिय योजना अनुसार २५ लाख छुटाएको थियोे विचमा धमिरो बनेर कम्लिसटहरुको ‘यो सरकारले कटौती गरिदिएको छ । यो सरकार खेलकुद विरोधी हो । यो कार्यले गर्दा’ खेलाडी र खेल क्षेत्रका व्यक्तिहरू समेत सरकारसँग निराश भएको बताए।
मेरो पालामा धेरै विकास भएको थियो । बजेट पनि धेरै ल्याएका थियौँ’, उनले भने, ‘अहिलेका कम्युनिस्ट जनप्रतिनिधिहरूले निर्वाचनमा दिएको आश्वासन जतिको पनि काम गरेका छैनन् ।’ कम्युनिस्टहरू जन्तालाई अाँखामा छारो मात्रै हालेको उनको आरोप थियो ।

कार्यक्रममा विषेश अथिति बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, स्थानीय तहमा एक खेलकुद मैदानको अवधारणा अनुसार बागमती गाउँ पालिकाको वडा नं ४ प्युटार खयरघारि खेलकुद मैदानलाई हामीले माथिल्लो तहमा सिफारिस गरि पठाएको छौ र गाउँ पालिकाले विगत देखिनै बजेटहरु थपिएको छु अझै थपेर एक रङ्गसाल जस्तै गरि बनाउने योजना रहेको छ र वडामा पनि सिक्न मिल्ले मैदान बनाउन सहयोग गर्ने बताउनु भएको छ।लगत्तै अाज बाट पालिका स्तरीय फुटबल प्रतियोगिता अायोजान विषयमा स्पष्ट पारेको थियो ।कार्यक्रममा उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्षहरू जगतबहादुर लों, विजयकुमार लों, विष्णुप्रसाद तिमल्सिना, नारायण घले, साजन दर्लामी, लालबहदुर बोम्जन, नवराज सञ्जेल, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभाकर पोखरेल, ललितपुर महानगरपालिका कांग्रेसका सचिव ध्रुब खनाल नेकपा एमाले जिल्ला सदस्य दुर्गप्रसाद घिमिरे छोर्गे युवा क्लब प्युटारको संस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य श्याम बहादुर लोप्चान
लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा बकैया गाउँ पालिका मकवानपुर, ललितपुर को बागमती गाउँ पालिका र कोन्ज्योसोम गरी १८ क्लबको तथा टिमको सहभागिता रहेको थियोे ।

प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा करातेका खेलाडीहरूले डेमोष्ट्रेशन देखाएका थिए । कार्यक्रम सभापतित्व बागमती गाउँ पालिका खेलकुद बिभाग प्रमुख बुद्धराज नेगिले गरेका थिए ।