Spread the love
  • 123
  •  
  •  
  •  
  •  
  •  
    123
    Shares

समाजवादी पार्टी प्रदेश नम्बर ३ का सदस्य मनमान बल पेशलको असामयिक निधन प्रती उक्त पार्टीले दुख प्रकट गरेको छ ।

बल काभ्रे जिल्ला तिमाल गाउँपालिका निवासी समाजवादी पार्टीका ३ नम्बर प्रदेश कमिटी सदस्य मनमान बलको कमलपित्तको कारण यहि पुस १३ गते बौद्ध स्थित स्तुपा अस्पतालमा ४८ वर्षको अल्पायुमा निधन भएकोमा समबेदना प्रकट गरेको हो ।

`तामाङ चलचित्रका कथाकार तथा कलाकार तथा पार्टीका कर्मठ एवम् वफादार नेता पेशाल तामाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ´प्रदेश अध्यक्ष सोनाम सिंह स्याङ्तानद्वारा हस्ताक्षरित शोक बिज्ञप्तीमा उल्लेख गरिएको छ ।