Spread the love
  • 41
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

नेपाल तामाङ विद्यार्थीे घेदुङको सातौं संघीय सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन स्थित बुधवार सम्पन्न भएको सम्मेलनले ७६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । सम्मेलनमा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

“संघीय बहुभाषिक शिक्षा नीति र मातृभाषामा शिक्षा संवैधानिक अधिकार प्राप्ति हाम्रो अभियान, तामाङ समुदायको पहिचान र ताम्सालिङ प्रदेश नामाकरणको पक्षमा सातौं संघीय सम्मेलन” भन्ने मुल नाराका साथ आयोजना गरिएको सम्मेलनको संयोजकत्व भने नेपाल तामाङ विद्यार्थी घेदुङका निवर्तमान अध्यक्ष हर्कमान तामाङले गरेका थिए । साथै सम्मेलनमा नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा, नेपाल तामाङ घेदुङ महासचिव बाबु घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, वरिष्ट उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङ पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय तामाङ परिषद् उपाध्यक्ष कुमार ब्लोन, अनेरास्ववियुका नेता शैलेश लामा लगायतको विशेष आतिथ्यता रहेको थियो ।
तामाङ विद्यार्थीहरुको साँगठनिक संस्थाको रुपमा रहेको यस विद्यार्थी घेदुङले तामाङ समुदायको हक हितमा काम गर्दै आईरहेको छ । देशभरका तामाङ विद्यार्थीहरुको प्रतिनिधि गर्दै आईरहेको यस संस्थाले प्रत्येक सम्मेलनबाट नयाँ कार्य समिति चयन गरी काम गर्दै आईरहेको छ । यसै क्रममा काठमाडौंमा सम्पन्न भएको सातौं सघिय सम्मेलनले ७६ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रत्येक जील्ला, प्रदेश, उपत्यका र उपत्यकाका प्रमुख तथा आंगीक क्याम्पसबाट प्रतिनिधित्व गरी आएका प्रतिनिधिले सम्मेलनमा सहभागी भएका थिए ।
समितिको अध्यक्षमा दिनेश कुमार लो, वरिष्ठ उपाध्यक्षमा सुजन तामाङ, महिला उपाध्यक्षमा संगिता पाख्रिन, उपाध्यक्षहरुमा जुन बहादुर तामाङ, इन्द्र तामाङ र इश्वरी तामाङ चयन भएका छन् । त्यसैगरी महासचिवमा सुक सागर तामाङ सर्वसम्मत चयन भएका छन् ।
सचिवमा हैकम घिसिङ , जेन्जे तामाङ , विशाल थिङ , अष्टमान तामाङ , हेमेश तामाङ, सुनिता तामाङ, कुमार ब्लोन, कमला पाख्रिन, जगत तामाङ, सुजता तामाङ, क्षितिज तामाङ, अर्चना तामाङ चयन भएका छन् । कोषाध्यक्षमा पविना लामा र सह– कोषाध्यक्षमा चन्द्र ग्याबक तामाङ निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी संघीय कार्यसमिति सदस्यहरुमा महेन्द्र तामाङ, अञ्जेस तामाङ, रोशन लामा, निमा गोले तामाङ, राजकुमारी तामाङ, रामकुमार तामाङ, मिथिला तामाङ स्याङ्तान, मोहनबन्धु गोले तामाङ, अजय तामाङ, मिरा कुमारी तामाङ मोक्तान, सीता तामाङ, सुवास लामा, छिरिङ लामा, भावना तामाङ, उर्मिला तामाङ, राममाया तामाङ, सोनाम लामा, जितेन्द्र थोकर, डेनो थिङ, सम्झना ब्लोन, नवाङ थोकर, सम्राट लामा, रमेश तामाङ, राजेन्द्र मोक्तान, इन्द्रजित तामाङ, कुमारी लामा स्याङ्दान, मोहन तामाङ, मनिष तितुङ, सनम तामाङ, रेशम स्याङ्बो तामाङ, भुवन तामाङ, प्रेम तामाङ र आइमान तामाङ रहेका छन् ।