×

TUNGOON

“ल्होछार जहिलै टुडिखेलमा मात्र सिमित होईन प्रत्येक तामाङको घर-घरमा हुनुपर्छ” तामाङ समाज नेपाल


तामाङ समाज नेपाल र नेपाल प्रवासी तामाङ समाज कतारको सङ्युक्त आयोजनामा राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५६ सोनाम ल्होछार (जीवा ल्हो)को पावन अवसरमा सोनाम ल्होछर के हो र कसरी मनाईन्छ भन्ने सन्दर्भमा प्रवचन सहित शुभकामना आदनप्रदान कार्यक्रम छिमेकी क्सयाफे, बौद्धमा सम्पन्न भएको छ ।

लामा गुरु थर्चा लामाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथिहरु समाजवादी पार्टि प्रदेश नं. ३ का अध्यक्ष सोनाम स्याङ्तान , सगु प्रोडक्सनका संचालक तथा नेपाल प्रवासी तामाङ समाज कतारका मानर्थ सदस्य गणेश अधिकार, चलचित्र निर्माता निर्मत्री तथा कलाकारहरु, भिबिन्न मिडियाकर्मी लगायत अन्य सहभागिहरुको बाक्लो उपस्थिति रहेको थियो । तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङको सभापतित्व सुचारु भएको उक्त कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारका महासचिव अशोक सिङ्दान, पुर्ब प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङको पनि उपस्थिती रहेको थियो ।

आगन्तुक पाहुनाहरूलाई तामाङ समाज नेपालका उपाध्यक्ष सन्जय कोमल वाईबा तामाङले स्वागत गरे पश्चात कार्यक्रममा उपस्थित अतिथिहरुले तामाङ समुदायको बिकासमा सबैले आ-आफ्नो क्षेत्रबाट कदम उठाउनु पर्ने,आफ्नो हकहित र अधिकार प्राप्तीको लागि तामाङहरुमा एकता हुनुपर्ने, सधै रमाईलो र कलासस्कृति भन्दै नाच गानमा मात्रै भुल्नु नहुने र अबका दिनमा ल्होछार टुडिखेलमा मात्रै नभएर विश्वको तामाङहरुको घर-घरमा मनाउनु पर्नेमा जोड दिएको थियो ।
तामाङ समाज नेपालका सचिव कमल योन्जन तामाङले सन्चालन गरेका कार्यक्रमलाई सभापति रोशन दोङ तामाङले उपस्थित सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला