×

TUNGOON

बुद्ध लामा सहित ४ कलाकार टोली ने.प्र.तामाङ समाज कतारको ल्होछार कार्यक्रमको लागि कतार पुगे


प्रथम नेपाल IDOL बुद्ध लामा, सेलो गायक सन्जीव वाईबा, सेलो गायिका अन्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा नेपाल प्रवासी तामाङ समाज कतारद्वारा यही आउदो २४ जनवरी २०२० का दिन आयोजित मञ्जुश्री सम्वत् २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) को उपलक्ष्यमा हुने बृहत् सांस्कृतिक कार्यक्रम २०२० का लागि आज बिहान कतारको स्थानिय समय १:२० मा नै कलाकार टोली कतारमा पुगिसकेको टुङ्गुन डट कमलाई जानकारी प्राप्त भएको छ ।
कलाकारहरुलाई तामाङ समाज नेपाल र तामाङ समाज कतारका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा खादा लगाइ बिदाइ गरेका थिए थिए । बिदाई कार्यक्रममा उपस्थित हुनेहरुमा तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङ, कमल योन्जन तामाङ-सचिब, सन्जय कोमल-सह-संयोजक, सोनी लुङ्बा-कोषाध्यक्षग, त्यस्तै नेपाल प्रवासी तामाङ समाज कतारबाट अशोक सिङ्दन-महासचिव, गणेश ब्लेन्थेन-पुर्व कार्यसमिति सदस्य, सन्तोष फ्युबा- सल्लाहकार, म्हेन्दोमाया समाज कतारका राजकिङ वाइबा-अध्यक्ष, म्हेन्दोमाया कलाकारसंघ नेपालका अरम्ब तामाङ, म्हेन्दोमाया गायक -राज डिम्डुङ-तामाङ, आवाज(प्रबन्ध निर्देशक) -डोल्मा मानाङ्थेन-म्हेन्दोमाया कलाकार एबम तामाङ आवाजका प्रतिनिधि लगायतको बाक्लो उपस्तिथि रहेको थियो ।


तामाङजातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५मा स्थापित सस्था नेपाल प्रवासी तामाङ समाज कतारले बिभिध सामाजिक तथा सास्कृतिक उत्थानका कार्यक्रमहरु गर्दै आएको छ । प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको हो। चर्चित कलाकारहरुलाई कतार पुग्ने वित्तिकै नेपाल प्रवासी तामाङ समाज कतारका पदाकारीहरुले भव्य स्वागत गरेका छन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला