×

TUNGOON

प्रवासको सबै तामाङ संस्थाहरु मध्ये व्यबस्थित व्यबस्थान र ठूलो सहभागी तामाङ समाज कतारको ल्होछार कार्यक्रम


यो बर्ष अर्थात २८५६ जिवा ल्हो सोनाम ल्होछारमा पनि नेपालको टुडिखेलदेखि नेपाल भरिका विभिन्न स्थानमा रहेका तामाङहरूले आफ्नो मौलिक पर्वलाई भव्यताकासाथ मनाए । नेपालमा मात्रै सिमित नभएर विश्वभरी छरेररहेका प्रवासमा पनि (जापान, अमेरीका, बहराईन,कतार,दुबाई लगायत दर्जनौ प्रवासी तामाङ संघसंस्थाहरूले ) तामाङहरुले त्यतिकै हर्सोउल्लासका साथ जिवा ल्होलाई स्वागत गर्दै नेपालबाट तामाङ कलाकारहरू जिकाएर भब्यताका साथ २८५६ सोनाम ल्होछार( नयाँ बर्ष) (नम्युङ)ल्हो मुसा वर्ग बृहत् साँस्कृतिक कार्यक्रम सहित मनाए ।

यही क्रममा टुङ्गुनले मनन गर्दा प्रवासमा रहेका तामाङ संघसंस्थाहरू मध्ये कतारमा रहेको तामाङहरुको संस्था नेपाल प्रवासी तामाङ समाज कतारले मनाईएको ल्होछार कार्यक्रम प्रवासमै सबै भन्दा खर्चिलो र बढी सहभागी भएको पुष्टी भएको छ । कार्यक्रममा सहभागी प्रत्यक्षदर्सीका अनुसार नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गरीएको २८५६ सोनाम ल्होछार( नयाँ बर्ष) (नम्युङ)ल्हो मुसा वर्ग बृहत् साँस्कृतिक कार्यक्रममा तामाङहरूको मात्रै नभएर गैर तामाङहरूको पनि ठूलो सहभागी रहेको बताईएको छ । यो कार्यक्रबाट हामीले बुझ्न सकिन्छ कि अब ल्होछार प्रेमी तामाङमात्रै होईनन र छैईनन ।

नेपाल प्रवासी तामाङ समाज कतारका एक पदाधिकारी भन्नु हुन्छ यो कार्यक्रम सफल हुनुमा नेपाल प्रवासी तामाङ समाज कतार परिवारको लगाव र कतारमा रहेको सबै संघ सस्थाहरूसॅगको मिताव्ययिता हो । हामी अरुको आगानमा नाच्न गयौ र त हाम्रो आगानमा आउनु भयो । अर्थात नेपाल प्रवासी तामाङ समाज कतारको र कतारमा रहेका सम्पूर्ण जनजाति लगायत अन्य संस्थाहरूसंग राम्रो मितव्ययिता छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला