Spread the love
  • 48
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

प्रकाश थिङ ललितपुर
ललितपुरको बागमती गाउँपालिकामा द्वारा माघ १६ गतेदेखि पहिलो राष्ट्रपति कप रनिङ शिल्ड भलिवल प्रतियोगिता शुरु गरेको छ । बागमती गाँउपालिका अध्यक्ष बिरबहादुर लोप्चनले माल्टास्थित कालीदेवि मावि स्कूलपरिसरमा उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताका खेलहरु शुक्रबार पनि जारी रहनेछ ।
भलिवल प्रतियोगितामा जनक माबि गिम्दी, नारायणी माबि गिम्दी बिद्याधिश्बरी माबि आश्राङ्ग, कालिदेबि माबि प्युटार र काली देबि माबि माल्टाको सहभागिता रहेको छ । भलिबल खेल लिगको आधारमा खेलाइने भएको छ।
विहीबारको उद्घघाटन खेल जनक माबि गिम्दि र काली देबि माबि माल्टा बिच भएको थियो । यो खेल कालीदेवि माविका विरुद्ध जनक माबिले जित हासिल गरेको छ ।