Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

नेपालको आदिबासी जनजाति चलचित्रको प्रबर्धन गर्ने उदेश्यले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले थाईल्याण्ड बुधबार साँझ ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन भएको छ ।

हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगाएत बिभिन्न क्षेत्रका ब्यत्तित्व र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य र मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको कार्यक्रममा द सिसन होटल पटैयामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबर्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताए ।साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पुर्याउने विश्वास ब्यक्त गरे ।

बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको उक्त कार्क्रममा ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समिति बाट छनौट गरिएको उत्कृष्ट चलचित्र , उत्कृष्ट निर्देशक चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट खलपात्र, उत्कृट नब अभिनेता, उत्कृष्ट नब अभिनेत्री, सह अभिनेता, उत्कृष्ट सह अभिनेत्री चलचित्र, उत्कृष्ट नब निर्देशक चलचित्र, उत्कृष्ट सम्पादन चलचित्र, उत्कृष्ट लेखन चलचित्र, उत्कृष्ट छाँयाङ्कन चलचित्र,उत्कृष्ट द्धन्द निर्देशक, उत्कृष्ट पार्श संगित चलचित्र र उत्कृष्ट बाल कलाकार गरी विभिन्न बिधामा अवार्ड प्रधान गरिएको थियो भने चलचित्र क्युई बाट कुङगा छ्योइङ स्याङतान तामाङ लाई उत्कृष्ट बाल कलाकारको अवार्ड प्रदान गरिएको थियो । अमृत मान घिसिङले निर्माण र कमल योन्जनको लेखन निर्देशन रहेको क्यूईमा कुङगा बाल कलाकार मात्रै नभएर चलचित्र सह-निर्देशक पनि हुन । २०१९ जुनमा सम्पन्न tiiff मा पनि वेष्ट मूभिको एवार्ड जित्न सफल भएको थियो ।