Spread the love
  • 406
  •  
  •  
  •  
  •  
  •  
    406
    Shares

सिन्धुली जिल्ला साविक कपिलाकोट गा.वि.स.वडा नं ४ हाल मरिण गा.पा. २ निवासी कमल थिङ तामाङ बचाउ अभियानको लागि तामाङ समाज नेपालले मिति २०७६ फागुन १७ गते शनिबार छिमेकी क्याफे,जोरपाटी काठमाडौमा एक कार्यक्रम गरी कमल थीङ कि श्रीमती चिनिमाया तामाङ लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारबाट सङ्कलीत रकम एक लाख एकावान्न हजार रु.१,५१,०००/- महासचिब अशोक सिङ्दान तामाङले , शेर्पा किदुग दोहा कतारको सङ्कलीत रकम रु.१५,०००/-पन्द्र हजार अध्यक्ष छेदेन शेर्पाले, ताम्सालिङ टि.भि. कि प्रधिनिधी रजनि घिसिङ्ले रु.१०,१००/-दश हजार एक सय , तामाङ बौद्ध महासङ्घ साईप्रसबाट पन्द्र हजार छ सय अठत्तर रु.१५,६७८/- र नेपाल तामाङ घेदुङ कुवेतबाट अध्यक्ष सुरेश तामाङले तृसाठी हजार छ सय तिस रु. ६३,६३०/- हलमा सहाभागी बाट रु एक हजार गरी जम्मा दुइ लाख छप्पन्न हजार आठ रु.२५६००८/-रुपाइया कमल थीङ कि श्रीमती चिनी माया तामाङको हातमा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा सहयोगी ५ वटा सस्थाबाट उपस्थित प्रती निधिहरु लगायत प्रमुख अतिथी तामाङ अन्तराष्ट्रीय परिषदका उपाध्यक्ष टासी लामा , बिषेश अतिथी , पत्रकार लगायत सबै उपस्थिती लाई तामाङ समाज नेपालको उपाध्यक्ष सन्जय तामाङले स्वागत मन्तब्यले स्वागत गरेको थियो भने सस्थाको अध्यक्ष रोशन दोङ तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सचिब कमल तामाङले सन्चालन गरेका थिए ।