×

TUNGOON

लक डाउनको आज छैठौ दिन सडक सुनसान


काठमाडौं ।  कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको छैटौं दिन सडक सुनसान देखिएको छ ।सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् । बिहान देखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले काठमाडौँबाट केहिलाई नियन्त्रणमा लिएको छ । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो ।लकडाउन उल्लघन गर्ने तीन सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बिहान ७ बजेसम्म तीन सय जनालाई नियन्त्रणमा लिइएको र उल्लघन गर्नेलाई पक्राउ नगरी लकडाउन उल्लंघन गरेकै स्थानमा २ घण्टासम्म राखेर लकडाउन उल्लघन गर्न नहुनेबारे प्रशिक्षण दिएर घर पठाइने बताउँनस भएको छ । पक्राउ गर्दा प्रहरी स्वयं जोखिममा पर्ने र पक्राउ गरिएकाहरुलाई समेत गाडीमा हालेर लैजाँदा एकअर्कामा समेत कोरोना भाइरसको सर्ने जोखिम भएकाले पक्राउ गर्ने रणनीति परिवर्तन गरिएको पोखरेलले बताउँनु भयो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला