विश्वभर फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट सुरक्षित रहनका लागि ललितपुरको गोदावरी नगरपालिका–६ स्थित दम्सिडोल सामुदायिक वनउपभोक्ता समूहले आफ्ना उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै स्यानिटाइजर वितरण गरिएको समूहका अध्यक्ष सेते तामाङले बताउनुभयो ।
‘उपभोक्ताहरु दैनिक बस्तुभाउ छुने, हँसिया चलाउने जस्ता कृयाकलापले किटाणुको संक्रमणबाट बचाउन टिकाभैरब, लप्से, कोटडाँडा, सिमल्टार, कालिटार, गैरिगाउँ, जुरे लगायत स्थानमा बसोबास गर्ने आफ्ना उपभोक्तालाई वितरण गरेको समूहले जनाएको छ ।
त्यसैगरी समूहले गोदावरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापनकोषमा २५ हजार रुपियाँ राहत रकम हस्तान्तरण गरेको छ ।विश्वव्यापी रुपमा भोगिरहेको विपद्ले पारेको प्रभावलाई मध्यनजर गर्दै कोषमा रकम सहयोग गरेको समूहले जनाएको छ ।