×

TUNGOON

खाडी मुलुकमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा कोरोना संक्रमण बढ्दै


लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३०७ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५७ जनाको मृत्यु भएको छ भने त्यहाँ २१ हजार ४०२ जना संक्रमित रहेका छन् । यस्तै यूएईमा ९८ जनाको मृत्यु भएसंगै ११ हजार ९२९ जना संक्रमित छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २४ जनाको मृत्यु भएको छ भने ३ हजार ७४० जना संक्रमित भएका छन् ।यस्तै कतार र ओमानमा १० र १० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १२ हजार ५६४ र २ हजार २७४ संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ९२१ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु खाडी मुलुकमा संक्रमण बढ्दै जादा चिन्तित हुन थालेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला