×

TUNGOON

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने व्यक्तिहरुलाई ५ हजार रुपैयाँ जरिवाना


भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने व्यक्तिहरुलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने घोषणा गरेसंगै सामान किन्न आउने सबै ग्राहकलाई पसल सञ्चालकले स्यानिटाइजर उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै, पसल खोल्दा ग्राहकहरुसँग दूरी कायम गरेर कारोबार गर्नुपर्ने, भीडभाड गर्न नपाइने लगायतका नियम बनाइएको छ । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसका बिरामीको संख्या थप वृद्धि भएको छ । यससँगै राज्यले रोकथामका उपायहरुमा थप कडाई गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला